वाढी, पहिरो र डुवानमा परेर अहिलेसम्म ६७ को मृत्यु, ३० बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वाढी, पहिरो र डुवानमा परेर अहिलेसम्म ६७ को मृत्यु, ३० बेपत्ता

badi12

काठमाडौं, ३० असार । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा ४१ पुरुष र २६ महिला रहेका छन । त्यसैगरी ३० जना अझै बेपत्ता र ४३ जना घाइते भएका छन ।

हालसम्म एक हजार ४सय ४६ जनाको सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार उपत्यकामा हालसम्म ८ जनाको मृत्यु भएको छ। जसमा काठमाडौँमा ३ र ललितपुरमा ५ जना रहेका छन । प्रदेश १ मा २० जनाको मृत्यु भएको छ।

जसमा भोजपुरमा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ। यस्तै, ओखलढुङ्गामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। प्रदेश २ मा १८ जनाको मृत्यु भएको छ।

प्रदेश २ मा रौतहटमा ५ तथा सिरहामा ४ जनाको मृत्यु भएको छ।उपत्यकाबाहेक प्रदेश ३ मा १५ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा पाल्पा र दाङमा एकरएक जना गरी दुईको मृत्यु भएको छ। कर्णालीमा बाढीमा परेर दुई जनाको ज्यान गएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);