अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो

धनगढी। अछामका विभिन्न स्थानमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।  जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोमा परेर हाल सम्म ६ जना बेपत्ता र ११ जना घाइते भएका छन् । अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । उनकाअनुसार कमलबजार नगरपालिका–८ मा एकै परिवारका पाँच जनाको शव  निकालिएको छ भने कमलबजार–६  ठाँटीकाँधमा बेपत्ता तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको चार जनाको गरी सात जनाको मृत्यु भएको छ । यस्तै, तुर्माखाँद-५ मा दुई घर पुरिँदा चार जनाको शव फेला परेको छ । अन्य पाँच जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ढकारी गाउँपालिका-६ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेकाे रिजालले बताए । तीनै मृतकको सनाखतकाे प्रक्रिया सुरू भएकाे प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार बेपत्ताहरूको खोजी तीव्र पारिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);