कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा

धनगढी। लगातारको बर्षासँगै आएको बाढीका कारण कैलालीमा करिब १५ सय घर परिवार डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वी क्षत्रका पाँच पालिकामा डुबानका कारण नागरिकलाई समस्या भएको छ ।

जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा उक सय ७५, भजनीमा करिब ६ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुबानमा परेका छन् । ती स्थाान उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सूचना अधिकारी जोशले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);