भारतमा पुन: उकालो लाग्दै कोरोना संक्रमित संख्या, मृत्यु हुनेको संख्यामा पनि वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा पुन: उकालो लाग्दै कोरोना संक्रमित संख्या, मृत्यु हुनेको संख्यामा पनि वृद्धि

एजेन्सी । भारतमा दैनिक संक्रमित संख्या पुन उकालो लागेको छ । पछिल्लो २४ घण्टामा ४७ हजार ९२ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १६लाख ८४ हजार ४ सय ४१ परीक्षणमध्ये ४७ हजार ९२ मा संक्रमण पुष्टि भएको हो । अघिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९ सय ६५ संक्रमित भेटिएका थिए ।

भारतमा कोरोना संक्रमितको कुल संख्या तीन करोड २८ लाख ५७ हजार ९ सय ३७ पुगेको छ ।

त्यसैगरी भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ । दुई दिन अघि २४ घण्टामा मृत्यु हुनेको संख्या तीन सय ५० थियो भने अघिल्लो २४ घण्टामा यो संख्या चार सय ६० पुगेको थियो । र पछिल्लो २४ घण्टामा पनि यो संख्या बढेर पाँच सय ९ पुगेको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या चार लाख ३९ हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार १ सय ८१ संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म तीन करोड २० लाख २८ हजार ८ सय २५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

भारतमा हाल तीन लाख ८९ हजार ५ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);