नाइजेरियामा बन्दुकधारीको समूहले ७३ विद्यार्थीको अपहरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नाइजेरियामा बन्दुकधारीको समूहले ७३ विद्यार्थीको अपहरण

एजेन्सी । नाइजेरियामा बन्दुकधारीको समूहले ७३ विद्यार्थीको अपहरण गरेका छन् ।

बुधबार देशको उत्तर–पश्चिमी जामफारा राज्यबाट अज्ञात बन्दुकधारीले ७३ विद्यार्थीको अपहरण गरेका हुन् ।

जामफाराका प्रहरी प्रवक्ता मोहममद सेहुले बुधबार ठूलो संख्यामा आएका बन्दुकधारीले मारादुन भन्ने स्थानीय सरकारअन्तर्गत काया गाउँका विद्यार्थीहरुलाई अपहरण गरेको पुष्टि गरेका छन् ।

ती विद्यार्थीहरु एउटै विद्यालयका रहेको बताइएको छ । नाइजेरियामा यसअघि पनि इस्लामिक कट्टरपन्थी समूह बोको हरामले पटक–पटक विद्यार्थीको अपहरण गर्दै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);