बन्दुकधारीको आक्रमणबाट ३० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बन्दुकधारीको आक्रमणबाट ३० जनाको मृत्यु

एजेन्सी, १९ चैत । इथियोपियामा बन्दुकधारीको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।

इथियोपियाको दक्षिणी क्षेत्रमा रहेको ओरोमिया गाउँमा बन्दुकधारीले जथाभावी आक्रमण गर्दा ३० जनाको मृत्यु हुनुका साथै अन्य कयौं घाइते भएका हुन् ।

बन्दुकधारीले सरकारी सुरक्षाकर्मीको उपस्थिति नभएको स्थानमा गाउँलेलाई भेला पारेर सामुहिक रुपमा गोली हानी हत्या गरेको स्थानीयलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

तर उक्त घटनामा आफ्नो संलग्ना नरहेको इथियोपियामा हिंसात्मक गतिविधिमा संलग्न जातीय संगठनहरुले दावी गरेका छन् । सीमा क्षेत्रमा आफ्ना गतिविधि सक्रिय पारेका ओरोमो र अमहारा समूहले सोही क्षेत्रमा हिंसात्मक गतिविधि केन्द्रीय गरेका छन् ।

इथियोपियामा पछिल्लो समय भूमि, शक्ति र स्रोतसाधान नियन्त्रण गर्न जातीय प्रतिष्पर्धा भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);