लुटेरा समूहको आक्रमणबाट नाइजेरियामा ५० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लुटेरा समूहको आक्रमणबाट नाइजेरियामा ५० जनाको मृत्यु

50 dead in nigeria

एजेन्सी, २० फागुन । उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी ५० जनाको मृत्यु भएको छ । लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ ।

लुटेराको करिब १०० जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउँका मस्जिदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेका थिए । गाउँलेको हत्यापछि गाउँमा पसेर उनीहरूका चौपाया लुटेका थिए भने केटाकेटीलाई अपहरण गरी लगेको नाइजेरियाको संसदमा प्रतिनिधित्व गर्ने सांसद जैयद इब्राहिमले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

लुटेराहरूले स्थानीयका दर्जनौँ घरहरूमा आगजनीसमेत गरेको पनि बताइएको छ । घटनामा घाइते भएका दर्जनौँ मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही घाइतेको अझै चिन्ताजनक अवस्था रहेकाले मृतक संख्या बढ्नसक्ने बताइएको छ ।

नाइजेरियामा पछिल्ला केही वर्षमा आपराधिक समूहहरूको आक्रमणमा परी गाउँलेहरूको मृत्यु हुने क्रम बढेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);