लुटेरा समूहको आक्रमण परी नेपाल प्रहरीका असई घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुटेरा समूहको आक्रमण परी नेपाल प्रहरीका असई घाइते

kutpit adhikrit

जनकपुरधाम । धनुषाको बटेश्वरमा गाउँपालिका–४ मा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ । मंगलबार राति असई मनोज पोखरेलमाथि लुटेरा समूहले आक्रमण गरेका हुन । धनुषाका एसपी वसन्त रजौरेका अनुसार आक्रमणबाट असई पोखरेल घाइते छन् । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएका पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ ।

भारतबाट फर्केर ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका ७ का अमित पासमानलाई लुटपाट गरेका थिए । घटनास्थल पुगेर संलग्नहरूलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि आक्रमण भएको बताइएको छ ।

लुटपाट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आक्रमण गरेको एसपी रजौरले बताए । घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);