नाइजेरियामा अपहरणमा परेका २७ विद्यार्थीसहित ४२ जना अपहरणमुक्त, ३ सय ३७ जनाको अवस्था अझै अज्ञात । | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नाइजेरियामा अपहरणमा परेका २७ विद्यार्थीसहित ४२ जना अपहरणमुक्त, ३ सय ३७ जनाको अवस्था अझै अज्ञात ।

एजेन्सी, फागुन १६। नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका मध्ये २७ विद्यार्थीसहित ४२ जना अपहरणमुक्त भएका छन् ।

नाइजर प्रान्तका गभर्नर अबु–बकर सानी बेलोका अनुसार यो गत हप्ता अपहरणमा परेका मध्ये ४२ जनालाई रिहा गरेको हो । एक विद्यालयका २७ विद्यार्थी, १२ अभिभावक र स्कुलका कर्मचारीहरूको अपहरण भएको त्यहाँको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

यद्यपि नाइजेरियाको उत्तरी क्षेत्रबाट शुक्रबार अपहरणमा परेका ३ सय ३७ छात्राहरूको अवस्था अझै अज्ञात रहेको बताइएको छ । उनीहरूको खोजी कार्य तीव्र पारेको र यसका लागि दुई वटा हेलिकोप्टर प्रयोग गरिएको प्रहरीले जनाएको छ । अपहरणमा परेकाहरू १२ देखि १६ वर्ष उमेर समूहका छन् ।

विद्यार्थीहरू अपहरणमा परेपछि देशभरका विद्यालय केही समयका लागि बन्द गरिएको छ । अहिलेसम्म कुनै पनि संगठनले अपहरणको जिम्मा लिएको छैन ।

राष्ट्रपति मोहम्मद बुहारीले अपहरणको भत्र्सना गर्दै यो अमानवीय र अस्वीकार्य घटना भएको बताएका छन् । ठूलो फिरौती पाउने प्रलोभनमा स–साना विद्यार्थीलाई लक्षित बनाउने कोही कसैको शिकार प्रशासन नबन्ने उनले बताएका छन् । अपहरणमा परेकालाई सुरक्षित रुपमा स्वतन्त्र गराउन कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);