बोको हरामको नियन्त्रणबाट ८२ जना छात्रा मुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बोको हरामको नियन्त्रणबाट ८२ जना छात्रा मुक्त

नाइजेरीयाको आतंकवादी समुह बोको हरामको अपहरणमा परेका ८२ जना स्कुले छात्रा मुक्त, अझै एक सय ९५ जना छात्रा बोको हरामको नियन्त्रणमा

बोको हरामको नियन्त्रणबाट ८२ जना छात्रा मुक्त

काठमाडौं । नाइजेरीयाको इस्लामिक विद्रोही समूह बोको हरामको अपहरणमा परेका २ सय ७६ छात्रामध्ये ८२ जना मुक्त भएका छन् ।

उनीहरु सेनाको संरक्षणमा रहेको नाइजेरियाका अधिकारीले बताएका छन् । उत्तर पश्चिम

नाइजेरियाबाट तीन वर्ष पहिले चिबोक समुदायका ती छात्राहरु अपहरणमा परेका थिए । उनीहरुलाई सरकारसँगको वार्ताका क्रममा बोको हरामले रिहा गरेको भनिए पनि विस्तृत जानकारी भने दिइएको छैन ।

८२ जना छात्रा रिहा भए पनि बाँकी १९५ छात्राको अवस्था अज्ञात नै रहेको बिबिसीले जनाएको छ । अपहरणमा परेका मध्ये गत वर्ष रेडक्रसको पहलमा २१ जना छात्रालाई बोको हरामले रिहा गरेको थियो ।

अपहरणकै क्रममा भने ५० जना छात्रा भाग्न सफल भएका थिए । छात्राहरु अपहरणमा परेपछि विश्व समुदायले रिहाको माग गर्दै पहल कदमी गरेक थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);