पाकिस्तानमा रेल अपहरणमा परेका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

पाकिस्तानमा रेल अपहरणमा परेका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए

फागुन २८ बुधबार ।
पाकिस्तानको बलुचिस्तान प्रान्तबाट हिजो अपहरणमा परेका रेलका एक सय चार जना यात्रुको उद्धार गरिएको छ ।हतियारधारी समूहले चार सय ५० जनाभन्दा धेरै यात्रु रहेको रेलका एक सय भन्दा धेरैलाई अपहरण गरी बन्धक बनाएका थिए।यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी बीएलएले लिएको बीबीसीले जनाएको छ ।

क्वेटा शहरबाट पेशावरका लागि छुटेको जाफर एक्सप्रेसको रेलका यात्रीलाई हतियारधारी समूहले अपहरण गरेका थिए ।अपहरणको सूचनालगत्तै सुरक्षा टोली उद्धारका लागि खटिएको थियो ।

त्यसक्रममा अपहरणमा संलग्न १६ जना मारिएका छन् ।क्वेटाका वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफका अनुसार महिला र बालबालिकासमेत अपहरणमा परेका थिए ।

यसअघि नोभेम्बरमा, बीएलएले क्वेटाको मुख्य रेलवे स्टेशनमा भएको बम विस्फोटको जिम्मेवारी लिएको थियो । जसमा १४ सैनिकसहित २६ जनाको ज्यान गएको थियो ।

Leave a Reply