नाइजेरियाको एक कलेजबाट २ महिना अघि अपहरणमा परेका २९ विद्यार्थी रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नाइजेरियाको एक कलेजबाट २ महिना अघि अपहरणमा परेका २९ विद्यार्थी रिहा

एजेन्सी । नाइजेरियाको कादुना राज्यस्थित एक कलेजबाट २ महिना अघि अपहरणमा परेका २९ जना विद्यार्थी रिहा भएका छन् ।

गत मार्च ११ मा बोको हरामको अपहरणमा परेका ३९ जना विद्यार्थीमध्ये ३ जनाको हत्या गरिएको थियो भने बाँकी रहेका २९ जनालाई २ महिनापछि रिहा गरिएको हो ।

अपहरणमुक्त भएका विद्यार्थीहरु नाइजेरियाको कदुना प्रहरी मुख्यालयमा पुर्‍याइएको छ । रिहा भएका उनीहरुमध्ये अधिकांश बिरामी रहेकाले अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

कदुना राज्यका गभर्नर नासिर एल रुफाइले बिद्यार्थीहरुको रिहाइका लागि विद्रोही समुह बोको हरामलाई माग बमोजिमको फिरौती रकम तिरेको जानकारी दिएक छन् । नाइजेरियामा गत डिसेम्बरदेखि ७ सय भन्दा बढी विद्यार्थी अपहरणमा परिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);