नाइजेरियास्थित एक विद्यालयबाट ३ सय १७ विद्यार्थी अपहरण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नाइजेरियास्थित एक विद्यालयबाट ३ सय १७ विद्यार्थी अपहरण

एजेन्सी, १५ फागुन । नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यको जाङ्गेबेस्थित एउटा नीजि विद्यालयबाट ३ सय १७ विद्यार्थी अपहरणमा परेका छन् ।

बन्दुकधारीहरुको समूहले शुक्रबार विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरी जंगलतर्फ लगेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

बन्दुक लगायत हतियारसहित विद्यालय पुगेको अपहरण गर्ने समुहको पहिचान खुलेको छैन । नाइजेरियामा सशस्त्र समुहले फिरौतीका लागि विद्यार्थीहरुलाई अपहरण गर्दै आएको छ ।

राष्ट्रपति मोहम्मद बुहारीले अपहरणको भत्र्सना गर्दै यो अमानवीय र अस्वीकार्य घटना भएको बताएका छन् । ठूलो फिरौती पाउने प्रलोभनमा स–साना विद्यार्थीलाई लक्षित बनाउने कोही कसैको शिकार प्रशासन नबन्ने उनले बताए ।

अपहरणमा परेकालाई सुरक्षित रुपमा स्वतन्त्र गराउन कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);