चितवनमा १ सय ९८ जना विद्यार्थी एसईईको परिक्षाबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवनमा १ सय ९८ जना विद्यार्थी एसईईको परिक्षाबाट बञ्चित

चितवन, ५ चैत । चितवनमा १ सय ९८ जना विद्यार्थी एसईईको परिक्षा दिनबाट बञ्चित भएका छन् । हाजिर नपुगेकोकाले उनीहरु परिक्षामा सहभागि हुन नपाउने भएका हुन् ।

चितवनमा सामुदायिक, संस्थागत, प्राविधिक र एक खुल्ला विद्यालयबाट १२ हजार १ सय ५० परिक्षार्थीले एसईई परिक्षामा सहभागिता जनाउने सहायक जिल्ला शिक्षा अधिकारी ज्ञानहरी पौडेलले जानकारी दिए ।

आगामी बिहिबारबाट सुरु हुने परिक्षाको लागि चितवनमा ४२ वटा परिक्षा केन्द्र तोकिएको छ । परिक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);