इलामका होटलले जम्मा ७ सय जना पर्यटक थेग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इलामका होटलले जम्मा ७ सय जना पर्यटक थेग्ने

hotel

टिका खतिवडा
इलाम, ११ असोज । १ सय २० वटा होटल रहेको सुन्दर पर्यटकिय क्षेत्र इलाममा जम्मा ७ सय जना पर्यटक मात्रै बस्न सक्ने क्षमता रहेको छ । तर, होटलमा शिक्षा सेवा आयोगका परिक्षा दिन आएका करिब ७ हजार बिद्यार्थी समेत नअटाएपछि विद्यार्थी तथा पर्यटकहरु समस्यामा परेका छन् ।

सुन्दर पर्यटकिय क्षेत्र इलामको सदरमुकाममा १ सय बिस होटलहरु छन् । यहाँका होटलहरुमा एक रातमा ७ सय जना बस्न सक्ने क्षमता छ । तर, शिक्षा सेवा आयोग परिक्षाका लागि आएका जम्मा परिक्षार्थी संख्या नै करीब सात हजार जना छन् ।

हाल सम्ममा १५ सय लाई राखिसकिएको छ । पर्यटकिय जिल्ला इलाम सदरमुकाममा रहेका सबैै होटलहरु अहिले भरिएका छन् । शिक्षक सेवा आयोगको परिक्षा दिन आउने एक चौथाई परिक्षार्थी नै नआइँ यहाँका होटलहरु भरिएपछि बाहिरबाट परीक्षा दिन आउने परिक्षार्थीहरु चिन्तित भएका छन् ।

पाँचथर र ताप्लेजुङका परिक्षार्थीले इलामबाट परिक्षा दिने छन् । इलाम पर्यटकिय जिल्ला हो । दैनिक यहाँ ३ सय देखि १ हजार सम्म आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउँछन् ।

तर, अहिले परिक्षाका कारण सदरमुकाम भित्रका होटलहरु भरिएपछि बाहिरबाट आएका पर्यटकहरु समेत अटाउन नसकिने स्थिती आएको छ ।

जिल्लामा क्रियाशिल विभिन्न विद्यार्थी संघहरुले अहिले हेल्प डेक्स नै राखेर सेवा प्रदान गरिरहेका छन् । होटलहरु भरिएसँगै नजिकै रहेको बालन गाउँ होमस्टेमा पनि पर्यटक तथा परिक्षार्थीलाई पठाइरहेको छ ।

शिक्षक सेवा आयोगको परीक्षा दिन प्राविका लागि मात्र चार हजार ४१ जनाले फारम भरेको जिल्ला शिक्षा समन्वय इकाई इलामले जानकारी दिएको छ । त्यस्तै, निमावि र मावि का लागि पनि विषयगत रुपमा करीब तीन हजार गरी करिव सात हजार परिक्षार्थी परिक्षा दिन इलाम आउने छन् ।

तर, १५ सय परिक्षार्थीलाई राख्दै होटलहरु भरिएपछि कहाँ राख्ने भन्ने चिन्ता छाएको छ । परिक्षा यही ११, १२ र १३ गते हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);