कक्षा ११ को परीक्षा सुरु, पहिलो दिनको परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कक्षा ११ को परीक्षा सुरु, पहिलो दिनको परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

१ असार, काठमाडौं । कक्षा ११ को परीक्षा विहिबारबाट सुरु भएको छ ।

कक्षा ११ को परीक्षा सुरु

१ असार, काठमाडौं । कक्षा ११ को परीक्षा विहिबारबाट सुरु भएको छ ।

बिहिबार देशभरका ९ सय ९३ वटा केन्द्रमा कक्षा ११ को परीक्षा सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले नियमिततर्फ तीनलाख ४८ हजार ६० र आंशिक तर्फ एक लाख ९ सय ९४ विद्यार्थी परीक्षामा सहभागी भएको जनाएको छ । परीक्षामा छात्र भन्दा छात्रा बढी सहभागी भएका छन् । परीक्षा नियन्त्रक डम्बर बतासले २ लाख ३७ हजार १ सय ७२ छात्रा र २ लाख ११ हजार ८ सय २२ छात्रले परीषाका लागि आवेदन भरेको जानकारी दिनुभयो । परीक्षा असार १० गतेसम्म सञ्चालन हुने छ ।

यसैबीच राष्ट्रिय जनता पार्टी नेपालले कुनै अवरोध नगर्ने जनाएपछि पर्सामा शान्तिपुर्ण रुपमा कक्षा ११ को परिक्षा शुरु भएको छ । राष्ट्रिय परिक्षाबोर्डद्धारा सञ्चालीत परिक्षामा जिल्लाका ३४ उच्च माविहरुको परिक्षा सदरमुकाम वीरगंजका १० वटा केन्द्र मार्फत सञ्चालन भईरहेको जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ । परिक्षामा नियमित र आंशिक गरी ८ हजार २ सय ९६ विद्यार्थी सहभागि भएका छन् ।

त्यस्तै, पहिलो दिनको परीक्षा सिरहामा पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सिरहाका १२ वटा परीक्षा केन्द्रमा विहिबार कक्षा ११ को परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । सिरहामा कक्षा ११ को परीक्षामा नियमित तर्फ ४ हजार ७ सय ३ र आंशिक तर्फ १ हजार ५ सय ५२ जना परिक्षार्थी सहभागी भएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जानकारी दिनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);