सरकारले संसदीय समितिलाई टेरेनः सांसद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारले संसदीय समितिलाई टेरेनः सांसद

२८ जेठ, काठमाडौं । सांसदहरुले सरकारले संसदीय समितिको निर्देशनलाई बेवास्ता गरेको आरोप लगाएका छन ।

सरकारले संसदीय समितिलाई टेरेनः सांसद

२८ जेठ, काठमाडौं । सांसदहरुले सरकारले संसदीय समितिको निर्देशनलाई बेवास्ता गरेको आरोप लगाएका छन ।

सांसदहरुले एकीकृत जलस्रोत ऐन ल्याउन सरकारलाई दिइएको निर्देशन कार्यान्वयनमा नआएकोमा आपत्ति समेत जनाएका छन । व्यवस्थापिका संसद कृषि तथा जलस्रोत समितिको आईतबार बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतकुमार बोहोराले दिइएका निर्देशन कार्यान्वयन गर्न छाडेर सरकारले भाका हेर्दै आएको आरोप लगाउनु भयो ।

उहाँले एकीकृत जलस्रोत ऐन ल्याउन सरकारलाई समितिले पटक पटक सचेत गराउँदा समेत कार्यान्वयनमा नल्याएकोमा आपत्ति जनाउनु भयो । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले स्वदेशी स्रोत, साधनमै सम्पन्न हुने गरी विद्युत ऐन निर्माण गर्न सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी सांसद सिता नेपालीले एकीकृत जलस्रोत ऐन ल्याउन ढिलाई नगर्न सरकारसँग माग गर्नु भयो । उहाँले देशको माग अनुसार उर्जा नीति तय गर्न सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिनुभयो । राष्ट्रिय जनता पार्टी, नेपालका सांसद जंगीलाल रायले मधेशमा देखिएको उर्जा संकट समाधान गर्न सरकार गम्भिर नभएको आरोप लगाउनु भयो । उहाँले तराई, मधेशमा १२ घण्टासम्म लोडसेडिङ हुने गरेकाले बैकल्पिक उर्जा संचालनमा ल्याई समस्या समाधान गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।

समितिले स्वदेशी पूँजी परिचालन गर्नेगरी एकीकृत जलस्रोत ऐन निर्माण गर्न सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);