झापामा रहेका भुटानी शरणार्थीको आवस्था बारेमा संयुक्त राष्ट्रसंघको चासो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

झापामा रहेका भुटानी शरणार्थीको आवस्था बारेमा संयुक्त राष्ट्रसंघको चासो

६ असार, काठमाडौं । संयुक्त राष्ट्र संघले झापामा बसोबास गरिरहेका भुटानी शरणार्थीहरुको अवस्थाको बारेमा चासो व्यक्त गरेको छ ।

झापामा रहेका भुटानी शरणार्थीको आवस्था बारेमा संयुक्त राष्ट्रसंघको चासो

६ असार, काठमाडौं । संयुक्त राष्ट्र संघले झापामा बसोबास गरिरहेका भुटानी शरणार्थीहरुको अवस्थाको बारेमा चासो व्यक्त गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरी संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयका नेपाल प्रतिनिधि केभीन जे एलेनले झापामा रहेका भुटानी शरणार्थीहरुको अवस्थाको बारेमा चासो व्यक्त गर्नुभएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मंगलबार भएको शिष्टाचार भेटमा एलेनले भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकारले प्रभावकारी कदम चालेको भन्दै प्रधानमन्त्री देउवाप्रति आभार व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले भुटानी शरणार्थी समस्या समाधान गर्न संयुक्त राष्ट्र संघले खेल्दै आएको भूमिकाको खुलेर प्रशंशा गर्नुभयो । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ । संयुक्त राष्ट्र संघले भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा स्थानान्तरण गर्ने कामलाई चरणवद्ध रुपमा अघि बढाउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);