झापामा रहेका भुटानी शरणार्थी पुर्नस्थापनाको पर्खाइमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

झापामा रहेका भुटानी शरणार्थी पुर्नस्थापनाको पर्खाइमा

झापा, २१ पुष । झापाको बेलडाँगी र मोरङको शनिश्चरेमा बाँकि रहेका करिव नौँ हजार भुटानी शरणार्थी पुर्नस्थापना नभएपछि छटपटाउन थालेका छन ।

करिव १ लाख ३० हजारको संख्यामा रहेका भुटानी शरणार्थीलाई स्वदेश फर्काउने प्रयास असफल भएपछि सन् २००८ देखि अमेरिका, क्यानाडालगायतका ८ देशमा पुर्नस्थापना प्रक्रिया सुरु गरिएको थियो । अहिलेसम्म करिब एक लाख १० हजार शरणार्थी तेस्रो मुलुुकमा पुर्नस्थापित भईसकेका छन् । बाँकी दर्ताबिहीन एक हजारसहित करिब ९ हजार शरणार्थी झापाको बेलडाँगी र मोरङ्गको शनिश्चरे शिविरमा बसिरहेका छन् ।

संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसीआर)ले झापा र मोरङका सातवटा शिविरमा १७ वर्ष बसेका शरणार्थीका लागि सबै विकल्प खुल्ला राख्दै तेस्रो देश पुर्नस्थापना कार्यक्रम अघि सारेपछि अहिले करिब ९० प्रतिशत शरणार्थीले नेपाल छोडी सकेका छन् । भुटानी शरणार्थीलाई पुनर्वासमा तेस्रो देश लैजाने ‘कार्यक्रम बन्द भएको’ भन्दै दातृ निकायले सन् २०१७ को डिसेम्बर पछि ‘थर्ड कन्ट्री सेटलमेन्ट’ का कुनै प्रक्रिया नबढाउने भएको छ । जसका कारण अपाङ्गसहित दर्ताबिहीन र वृद्धवृद्धाका लागि अन्य प्रक्रिया सोच्नुपर्ने अवस्था आएको छ ।

सुरुमा तेस्रो देश पुनर्वास प्रस्तावको विरोध भएपछि युएनएचसीआरले तेस्रो देश पुनर्वास, भुटान फिर्ती र नेपालमै समायोजन हुने गरी तीन वटा प्रस्ताव अघि सारेको थियो । तीनवटै प्रस्ताव एकैपटक खुला गर्ने भनिएपनि युएनएचसीआरले आजसम्म एउटा प्रस्ताव मात्रै कार्यान्वयनको प्रक्रियामा लगेको छ । जसले गर्दा स्वदेश फर्कन चाहने शरणार्थीहरु चिन्तित बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);