झापाको भुटानी शरणार्थी शिविर बेलडाँगीमा राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापाको भुटानी शरणार्थी शिविर बेलडाँगीमा राहत वितरण

झापा, २३ असोज । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा आज राहत सामाग्री वितरण गरिएको छ ।

कोरोना संक्रमणका कारण शिविरमा रहेका शरणार्थीहरुलाई खान समस्या भएको भन्दै तेश्रो देश पुर्नवासमा गएकाहरुले पठाएको रकमबाट राहत सामाग्री वितरण गरिएको भुटानी शरणार्थी शिविर बेलडाँगीका क्याम्प सचिव तथा विपत व्यवस्थापन समितिको सभापती कृष्ण सुब्बाले जानकारी दिनुभयो ।

सचिव सुब्बाका अनुसार शरणार्थी शिविरका १६ सय घर परिवारलाई प्रति परिवार २५ केजी चामल, एक केजी दाल र एक लिटर तेलका दरले वितरण गरिने छ ।

राहत लिन शिविरमा रहेका १६ सय घरपरिवारलाई जानकारी गराइएको पनि उहाँले बताउनु भयो । आज र भोली दुई दिन राहत वितरण गरिने र सोको लागि १५ लाख ७५ हजारको चामल, २ लाख ८ हजारको तेल र एक लाख ६२ हजारको दाल खरिद गरिएको पनि सचिव सुब्बाले जानकारी दिनुभयोे ।

आज पहिलो चरणमा अपांगता र बृद्धबृद्धा भएकाहरुलाई राहत वितरण गरिएको छ । १६ सय घर परिवारमध्ये आज १२ सय ६४ घरपरिवारलाई राहत वितरण गरिएको छ भने बाँकी घरपरिवारलाई भोली वितरण गरिने छ ।

सचिव सुब्बाका अनुसार शिविरमा कोरोना संक्रमणका कारण लकडाउन भएयता करिब ३ करोड बराबरको राहत वितरण गरिसकिएको छ । राहत वितरण कार्यक्रममा बेलडाँगी शिविर प्रमुख सुरेन्द्र राज दाहाल, शसस्त्र प्रहरी बेलडाँगी बेस क्याम्पका प्रमुख राम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);