तुलसीपुरमा मेयर पाण्डेलाई कोरोना पुष्टि, एक हप्ता कार्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तुलसीपुरमा मेयर पाण्डेलाई कोरोना पुष्टि, एक हप्ता कार्यालय बन्द

दाङ,२३ असोज । तलसीपुर उपमहानगरपालिका प्रमुख मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिए पछि असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि मेयर पाण्डेले सबैलाई सजग रहन अनुरोध समेत गर्नु भएको छ ।

नगरप्रमुख पाण्डेमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरको कार्यालय एक हप्ता सम्म बन्द हुने भएको छ । वडा कार्यालय भने जोखिमको अवस्था हेरेर सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने कुरा वडा कार्यालयलाई जिम्मा दिइएको छ । कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा बसेको आपतकालिन बैठकले असोज २९ गतेसम्मका लागि सेवा वन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका नगरप्रमुखमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै विहीवार नगरप्रमुख पाण्डे सहित उहाँका स्वकीय सचिव र अन्य वडाका गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनु भयो । ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);