शिविर प्रमुखले दिए दमक र मिक्लाजुङ्गलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

शिविर प्रमुखले दिए दमक र मिक्लाजुङ्गलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री

उत्तम रिजाल,
दमक । झापाको दमक स्थित भुटानी शरणार्थी शिविरका शिविर प्रमुख सुरेन्द्रराज दाहालले दुई स्थानीय तहका लागि ८ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् । उनले झापाको दमक नगरपालिकालाई दमक कोभिड उपचार केन्द्रका लागि ३, मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकाको आइसोलेशन तथा उपचारकेन्द्रको लागि ५ ओटा गरी ८ ओटा ठूलो साइजको अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमै सहयोग हस्तान्तरण गर्दै शिविर प्रमुख दाहालले भुटानी शरणार्थीहरु तथा अन्य कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा मृत्युवरण गर्नु नपरोस भनेर सहयोग हस्तान्तरण गरेको बताए । सोक्रममा दमक नगरपालिकालाई ३ ओटा, मिक्लाजुङ्ग गाउँपालिकालाई ५ ओटा अक्सिजन रेगुलेटर पनि सहयोग गरिएको छ ।

त्यस्तै मिक्लाजुङ्गलाई सिराने सहितको ३० बेड र दमकलाइ २० बेड तथा एक÷एक हजार सर्जिकल मास्क, २०÷२० ओटा केएन ९५ मास्क प्रदान गरे । त्यस्तै मिक्लाजुङ्गलाई एक ओटा अक्सिमिटर र दश लिटर सेनिटाइजर पनि दिइएको छ ।

ती स्वास्थ्य सामाग्रीहरु मिक्लाजुङ्ग गाउँपालिकाका लागि गाउँपालिका प्रमुख देवीप्रसाद आचार्य र दमक नगरपालिकाका लागि उप–प्रमुख गिता अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

क्याम्प सचिव कृष्ण सुब्बाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पका सल्लाहकार टिकाराम कालीकोटे, शसस्त्र प्रहरीबल बेलडाँगी बेस क्याम्पका प्रमुख गोपाल पोखरेल, लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);