मिल्ती लघु जलविद्युत आयोजना १२ बर्षदेखी प्रयोग बिहिन अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मिल्ती लघु जलविद्युत आयोजना १२ बर्षदेखी प्रयोग बिहिन अवस्थामा

रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको मिल्ती खोलामा निमार्ण भएको मिल्ती लघु जलविद्युत आयोजना १२ बर्षदेखी प्रयोग बिहिन अवस्थामा छ । दोलखा र रामेछापको सिमानामा पर्ने डडुवाको मिल्तीखोलामा निमार्ण भएको १६ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना रकम अभावको कारण १२ बर्षदेखी अलपत्र परेको हो ।

विजुली वत्ती नहुँदा दोरम्वा गाउँपालिका वडा नं.–१ डडुवा मेघ्रेका ८० घरधुरीले प्रतिघर २ हजार रुपैयाँ उठाएका थिए । बाँकी अपुग रकम वैकल्पीक उर्जा प्रालिवाट २४ लाख र तत्कालीन डडुवा गाविस कार्यालयवाट प्राप्त ४ लाख गरी २९ लाख ६० हजार रुपैयाँ खर्चेका थिए । स्थानियहरुले अपुग रकम लघुवित्त विकास संस्थानबाट २४ लाख रुपैयाँ ऋण लिएर २०६५ सालमा विजुली बत्ती बालेका थिए ।

स्थानिय उपभोक्ताहरुले मासिक १ सयका दरले शुल्क उठाएर विजुली बत्ती बालेका थिए । स्थानिय ८० घरधुरीले उठाएको रकमले विद्युत स्टेशनमा बस्ने कर्मचारीलाई तलब खुवाउन मात्रै रकमपुग्ने र अन्य मर्मत सम्भारकोलागि रकम अभाव हुँदा उक्त आयोजना पूर्णरुपमा बन्दहुन पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);