रामेछापको दोरम्वामा जल विद्युत आयोजना प्रयोग बिहिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

रामेछापको दोरम्वामा जल विद्युत आयोजना प्रयोग बिहिन

रामेछाप। रामेछापको दोरम्वा गाउँपालिकाको मिल्ती खोलामा निमार्ण भएको मिल्ती लघु जल विद्युत आयोजना बाह्र बर्ष देखी प्रयोग बिहिन अवस्थामा रहेको छ । दोलखा र रामेछापको सिमानामा पर्ने डडुवाको मिल्तीखोलामा निमार्ण भएको १६ किलोवाट क्षमताको लघु जल विद्युत आयोजना रकम अभावको कारण बाह्र बर्षदेखी अलपत्र परेको हो ।

विजुली वत्ती नहुँदा दोरम्वा गाउँपालिका वडा नं.–१ डडुवा मेघ्रेका ८० घरधुरीले २ हजार रुपैयाँ उठाएका थिए । बाँकी अपुग रकम वैकल्पीक उर्जा प्रालिवाट २४ लाख रुपैया र तत्कालीन डडुवा गाविसको कार्यालयवाट प्राप्त ४ लाख रुपैयाँ गरी २९ लाख ६० हजार रुपैयाँ खर्चेका थिए ।

स्थानियहरुले अपुग रकम लघुवित्त विकास संस्थान बाट २४ लाख रुपैयाँ ऋण लिएर २०६५ सालमा विजुली बत्ती बालेका थिए । स्थानिय उपभोक्ताहरुले मासिक १ सयका दरले शुल्क उठाएर विजुली बत्ती बालेका थिए ।

स्थानिय ८० घरधुरीले उठाएको रकमले विद्युत स्टेशनमा बस्ने कर्मचारीलाईतलब खुवाउन मात्रै रकमपुग्ने र अन्य मर्मत सम्भारको लागि रकम अभाव हुँदा उक्त आयोजना पूर्णरुपमा बन्द हुन पुगेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);