डडेल्धुरामा लकडाउनमा कडाई ४० सवारीसाधन नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डडेल्धुरामा लकडाउनमा कडाई ४० सवारीसाधन नियन्त्रणमा

डडेल्धुरा । लकडाउन प्रभावकारी रुपमा नभएको भन्दै जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले लकडाउनमा कडाई गरेको छ । लक डाउँन उलंघन गरेको भन्दै ४० सवारीसाधन नियन्त्रणमा समेत लिएको हो ।

अत्यावश्यकीय काममा वाहेक वजारमा घुम्नेहरुको सवारीसाधन नियन्त्रण लिई दिनभर राखेर पहिलो पटक सम्झाईवुझाई गरेर वेलुकी छोड्ने गरेको छ । सम्झाईवुझाइ नमाने लक डाउँन अवधि भरि अत्यावश्यकीय काम भन्दा बिनापास सवारीसाधन चलाउने लाई नियन्त्रण लिई नेमबमोजिम कार्यवाही गर्ने जिल्ला प्रसाशन कार्यलय डडेल्धुराले जनाएको हो ।

प्रहरी प्रशासनका लागि नभई हामी सवैको लागि भएकाले लक डाउँनलाई प्रभावकारी वनाउँनका लागि सम्पुर्ण नागरिकले सहयोग गर्नु पर्ने जिल्ला प्रसाशन कार्यलय डडेल्धुराको भनाई छ ।

औषधी तथा स्वास्थ सामाग्रीका पसल बाहेक अन्य पसल हप्तामा ४ दिन आईतबार, मंगलबार, बिहिबार र सुक्रबार विहान ७ बजे देखि बिहान १० बजे सम्म खुल्ला गरिने छ ।
डेल्धुरामा बैशाख १९ गते बाट जारी गरिएको लकडाउन पाचौै पटक थपिई जेठ ३१ गते सम्मका लागि जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);