पर्सामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा प्रहरीले कडाई (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्सामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा प्रहरीले कडाई (फोटोफिचर)

नितेश कर्ण

वीरगञ्ज । पर्सामा स्थानीय प्रशासनले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा प्रहरीले कडाई गरेको छ ।

वीरगञ्ज बजारमा विना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका ५० भन्दा बढी मोटरसाईकल र सवारीसाधन पनि नियन्त्रणमा लिएर होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार पर्सा जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ ।

प्रमुख पाण्डेले पर्सामा २ सय ६६ जना प्रहरी परिचालन गरिएको बताए । बजार खुल्ने समयअवधि बाहेकको समयमा गाडी र मोटरसाइकल चलेको पाए नियन्त्रणमा लिएर होल्ड गरिने उनको भनाइ छ ।

एसएसपी पाण्डेले वीरगञ्जका २६ ठाउँमा पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको बताए । त्यसैगरी जिल्ला प्रहरी र ट्राफिक प्रहरीद्वारा संयुक्तरुपमा १० ठाउँमा सवारी चेकिङ राखिएको छ । यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन गरिएको उनले बताए ।

पाण्डेले गएराति निर्देशन विपरीत विभिन्न वैवाहिक कार्यक्रममा भइरहेको कार्यक्रम पनि रोकिएको जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);