पर्सामा निषेधाज्ञा, बारा जिल्लामा कडाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पर्सामा निषेधाज्ञा, बारा जिल्लामा कडाई

बारा, १२ साउन । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर घटेको जस्तो देखिए पनि केही जिल्लामा भने समुदाय स्तरमा संक्रमण फैलिएको चिकित्सकहरूले बताएका छन् । पर्सामा समुदाय स्तरमा कोरोना संक्रमण देखिए पछि त्यहाँ अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

ठुलो संख्यामा कोरोनाका संक्रमित थपिन थालेपछि जिल्ला प्रशासान कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले शनिवार बिहान पाँच बजे देखि नै निषेधाज्ञा जारी गरिएको हो । छिमेकी जिल्ला पर्सामा लगाईएको निषेधाज्ञाको कहर बारामा समेत रहेको छ।

पर्सा र बाराको सिमानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गस्ती तथा चेकजाँच गरिरहेका छन् भने एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ती तथा सवारी साधनलाई पुर्ण रुपमा रोक लगाईएको छ ।

सोमवार मात्रै बारामा क्वारेन्टीन शुरक्षार्थ खटिएका नेपाली सेनाका ७ जना सहित थप २९ जनाको कोरोना परिक्षण गर्न स्वाव पठाईएको छ । बारामा समुदायबाट संकलन गरिएको स्वाबको रिपोर्ट समेत पोजेटिभ देखिएकोले संक्रमणको त्रास बढेको छ । तर प्राय संक्रमितको कुँनै पनि ट्राभल हिस्ट्री नभएता पनि यसलाई समुदाय स्तरमा कोरोना संक्रमण भयो भन्न नमल्ने प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभएको छ।

बारामा १ हजार ८ सय ५ जनाको आर.डी.टी परिक्षण गरिएको छ । ३ हजार ५ सय ९८ जनाको पि.सि.आर परिक्षण गरिएकोमा १ सय ३१ जनाको नतिजा आउँन अझै बाँकी रहेको छ । त्यस्तै एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ, जस मध्य दुई जनाको मृत्यू भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);