निषेधाज्ञा उल्लंघन गर्ने २५ लाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

निषेधाज्ञा उल्लंघन गर्ने २५ लाई कारबाही

बारा बारामा बिहीबारबाट जारी भएको निषेधाज्ञा आदेश उल्लंघन गर्ने २५ लाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा आदेशलाई उल्लंघन गरी पसल खोलेको तथा बिना काम घुमघाम गरिरहेको २५ लाई कारबाही स्वरुप २ घण्टा प्रहरी हिरासतमा राखेर जरिवाना भराई चेतावनी दिएर छोडिएको बारा प्रहरीले जनाएको छ ।

यस्तै अति आवश्यक काम नभई सडकमा गुडेका ७० वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा आदेश पालना गर्ने गराउने क्रममा प्रहरीले रु पाँच हजारसम्म जरिवाना पनि असुल गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

हाल बारामा कोभिडको सक्रिय संक्रमित महिला एक सय २४ र पुरुष चार सय एक गरी पाँच सय २५ सम्म पुगेको छ ।

कोभिडको संक्रमण बढेसंगै बारामा बैशाख २३ गते देखि अनिश्चित कालका लागि जिल्ला भरी जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा आदेश जारी गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);