कञ्चनपुरमा निषेधाज्ञा जारी गरेसँगै महेन्द्रनगर सहितका मुख्य बजार बन्द (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कञ्चनपुरमा निषेधाज्ञा जारी गरेसँगै महेन्द्रनगर सहितका मुख्य बजार बन्द (फोटोफिचर)

कञ्चनपुर । कञ्चनपुरमा आजदेखि जारी गरिएको निषेधाज्ञासँगै महेन्द्रनगर सहितका मुख्य बजार बन्द रहेका छन् भने गाँउघरतिर छिटपुट अनावश्यक हिँडडुल गरिएको पाइएको छ ।

जिल्लामा औषधि तथा स्वास्थ्य सामाग्री सम्बन्धीत पसल व्यवसाय बाहेक अन्य पसलहरु बन्द रहेका छन् । तरकारी, फलफुल तथा खाद्य सामाग्री पसल व्यवसाय जनसंख्या सुधार मापदण्डको पूर्ण रुपमा पालना गरी बिहान ६ देखि ९ बजेसम्म संचालन गर्न दिइएको छ भने अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा बन्द गरिएको छ।

विकास निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधनको हकमा सम्बन्धीत आयोजना र कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारबाट जारी भएको पासबाट चल्न दिइएको छ ।

बैंक वित्तिय संस्थाका कर्मचारीलाई परिचय पत्रका आधारमा जान दिइएको छ । त्यसैगरी विवाह व्रतबन्धको हकमा १५ जनासम्मलाई मात्र जान अनुमति दिइएको छ ।

भारतबाट प्रवेश गर्ने नागरिकलाई सम्बन्धीत स्थानीय तहको समन्वयमा क्वारेन्टाईन, आईसोलेशनमा राख्ने र जिल्ला बाहिर समन्वय गरेर पठाउने गरिएको छ ।

त्यसैगरी आज कञ्चनपुरमा निषेधाज्ञा उल्लंघन गर्ने ३ सय भन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान ६ देखि बिहान ११ बजेको समयमा निषेधाज्ञा उल्लघंन गर्ने ३ सय ७५ सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले जनाएको छ ।

निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);