निषधाज्ञा अवधिभर काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निषधाज्ञा अवधिभर काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगरपालिकाले बिहीबारदेखि महानगरबासीका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहीबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो ।

निषेधाज्ञाको समयमा काठमाडौंबासीलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

महानगरपालिकाले बैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो । महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ठ कर सहित १ लाख २१ हजार रुपैँया संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र २४ सै घण्टा सेवा प्रदान गर्ने जनाइएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले कहीँकतैबाट पनि गुनासो नआउनेगरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गरे । कसैलाई हेलचेक्र्याई र दुव्र्यवहार नगरी सेवा प्रवाह गर्न उनले निर्देशन समेत दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);