गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङे खेलकूद मन्त्रीमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङे खेलकूद मन्त्रीमा नियुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री गुरुङले स्वतन्त्र प्रदेश सभा सदस्य राजिव गुरुङ अर्थात दीपक मनाङेलाई युवा तथा खेलकूद मन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङ विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मत हाल्ने दिन बुधबार मनाङे प्रदेश सभामा उपस्थित थिएनन् ।

गण्डकीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सांसदले अविश्वास प्रस्ताव ल्याएका हुन् । उक्त प्रस्तावमा जनमोर्चाले पनि मतदान गर्ने बताए पनि जनमोर्चाका सांसद खिमविक्रम शाही बुधबार प्रदेश सभा बैठकमै उपस्थित भएनन् ।

त्यसपछि सभामुखले अनिश्चितकालका लागि प्रदेश सभा स्थगित गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);