धार्मिक स्थलहरुमा भिडभाड नगर्न मेयर शाक्यको अपिल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धार्मिक स्थलहरुमा भिडभाड नगर्न मेयर शाक्यको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रको धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न महानगरबासीलाई अपिल गरेका छन् ।

बिहीबार महानगरपालिकाबासीलाई अपिल गर्दै प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काठमाडौंभित्र द्रुत गतिमा फैलन सक्ने भन्दै सरकारले जारी गरेको सूचनालाई आधार मानी स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गरे ।

काठमाडौं महानरपालिका देशको प्रमुख सांस्कृतिक शहर भएका कारण मठ, मन्दिर लगायत धार्मिक स्थलहरुमा पुजापाठ गर्ने प्रचलन रहेको भन्दै मेयर शाक्यले धार्मिक स्थलमा भिडभाड हुँदा संक्रमण फैलिने भएकाले ती स्थानहरुमा भिडभाड नगरीदिन अनुरोध गरेका हुन् ।

प्रमुख शाक्यले महानगरपालिका भित्र बसोबास गर्नेहरुमा कुनै प्रकारको स्वास्थ्य जटिलता आएका हटलाइन ११८०, मोवाईल नम्बरहरु ९८४९८५६६७२, ९८४९८५६६७१ र कोरोनाका बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गरेका छ्न ।

अन्य कुनै समस्या भएमा सम्बन्धित वडाका वडाअध्यक्षहरुको नम्बरमा सिधै सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);