काठमाडौंद्वारा कोरोना रोकथाम र नियन्त्रणका लागि १० करोडको कोष स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंद्वारा कोरोना रोकथाम र नियन्त्रणका लागि १० करोडको कोष स्थापना

corona virous

काठमाडौं, ७ चैत । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ ।

महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला वडाहरुलाई २ लाख ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने बताउनुभयो ।

उहाँले महानगरपालिका भित्र रहेका मठ, मन्दिर, मश्जिद, गुम्बा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न पनि आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);