कोरोना नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न गृहमन्त्री थापाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कोरोना नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न गृहमन्त्री थापाको आग्रह

काठमाडौं, ३२ साउन । गृह मन्त्री रामबहादुर थापाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । गृहमन्त्री थापाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दिको सबै नियमहरु पालना गर्न अपील गर्नुभएको हो ।

सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवस्यक रहेको गृहमन्त्री थापाको भनाई छ । उहाँले पुनः लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पार्नुभयो ।

गृहमन्त्री थापाले सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोकेपनि अझैपनि लुकिछिपि आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताउनुभयो । उहाँले अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट बिओपी स्थापना गरिएको उल्लेख गर्नुभयो ।

अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको गृहमन्त्री थापाको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);