निजि अस्पताल नभएको इलामामा सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निजि अस्पताल नभएको इलामामा सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारी

इलाम, ३२ साउन । एक मात्र सरकारी अस्पताल भएको इलाममा निजि क्षेत्रबाट सुविधासम्पन्न अस्पताल सञ्चालनको तयारी भएको छ । इलाम सदरमुकाममा इलाम एपोलो हष्पिटल एण्ड ट्रमा सेन्टर प्राली सञ्चालनको तयारी भएको छ । इलाम सदरमुकाममा सञ्चालित एक मात्र सामाुदायिक अस्पताल केहि वर्ष अगाडी बन्द भएपछि जिल्लावासीले उपचारका लागि तराईका जिल्लामा जानु पर्ने समस्या रहँदै आएको छ ।

सामान्य ज्वरो आउँदा समेत जिल्लाबासीले थप उपचार गर्न झापा, मोरंग, सुनसरी लगायतका जिल्लामा जानु पर्ने समस्याको अन्त्य गर्न हस्पिटल सञ्चालनको तयारी गरिएको सञ्चालक प्रकाश चापागाइँले बताउनुभयो । अस्पताल डाक्टर सञ्जय शाह, डाक्टर बिबेक अधिकारी र युवा ब्यवसायी प्रकाश चापाईले सम्युक्त रुपमा सञ्चालन गर्न लाग्नु भएको हो । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर ताप्लेजुंग र तेह्थुमबासीलाई लक्षित गरेर अस्पताल सञ्चालनको तयारी गरिएको सञ्चालक चापागाइँल् बताउनुभयो ।

करिब तिन करोडको लगानीमा सञ्चालन गर्न लागिएको अस्पतालमा ४ जना बिशेषज्ञ सहित २२ जना चिकिस्क राख्ने तयारी भइरहेको छ । पुरानो मेघबहादुर सामुदायिक अस्पतालकै भवनमा सञ्चालन हुने छ । सुरुमा अस्पतालमा हार्डजोनी, स्त्री तथा प्रसुती, रेडियोलोजी एवम् जेनेरल फिजिसियनको सेवा प्रदान गरिने छ । साथै छ महिना भित्रमा आइसियु र एनआइसियु सहितको सेवा सञ्चालन गर्ने डाक्टर तथा सञ्चालक बिबेक अधिकारीले बताउनुभयो ।

अस्पताल आगामी ९ भदौबाट सञ्चालन हुने छ । गएको साउन २८ गते कृष्ण जन्म अस्टमीको अवसर पारेर बैद्धिक मन्त्रद्धारा अस्पतालको शुभारम्भ गरिएको छ । सोहि भवनमा डा. मेघबहादुर सामुदायिक अस्पताल सञ्चालन भएपनि बिचमा बन्द भएको हो । अझै पनि सेवा सुरु भएपनि यसले दिने सेवाको गुणस्तर र लाग्ने रकमले अस्पतालको भविष्य निर्धारण गर्छ । कुशल ब्यवस्थापन र अस्पतालको दिगोपनका विषयमा सञ्चालकहरुले ध्यान दिन सके जिल्लाबासीलाई समेत ठुलो राहत मिल्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);