बिद्यालय सञ्चालनमा सहज बनाउन मेकानिकल स्पे्र र क्लोरिन बितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बिद्यालय सञ्चालनमा सहज बनाउन मेकानिकल स्पे्र र क्लोरिन बितरण

इलाम, ७ असोज । इलाम नगरपालिका वडा नम्वर ७ ले निजि बिद्यालयहरुलाई मेकानिकल स्प्रे, पञ्जा र क्लोरिन बितरण गरेको छ । बिद्यालय सञ्चालन गर्न सहज होस भनेर सो सामाग्री निशुल्क बितरण गरिएको हो ।

सरकारले बिद्यालय खोल्न अनुमती दिएसँगै जोखिम बढ्ने भएकाले सामाग्री बितरण गरिएको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । वडा कार्यालयले वडा भित्रका १२ वटा निजी बिद्यालय र तिनवटा एफएम रेडियोलाई मेकानिकल स्प्रे र पञ्जा सहित एक÷एक लिटर क्लोरिन समेत उपलब्ध गराएको हो ।

निजि बिद्यालयका प्रतिनिधिहरुले सरकारी क्षेत्रबाट सँधै कर उठाउने काम गरेपनि पहिलो पटक सहयोग तथा समसामयिक विषयको छलफलमा समावेश गराएको बताएका थिए । निजि तथा आवासिय बिद्यालय प्याप्सन इलामका अध्यक्ष बिकास कर्माचार्यले मात्र हैन ग्रीन भ्याली इलामका प्रधानाध्यापक राजेन माइकल गुरुंग लगायत निजि बिद्यालयका प्रतिनिधिले खुसी ब्यक्त गर्नुभयो ।

उहाँहरुले यस प्रकारको सहयोग वितरण र सरकारी निकायबाट बिद्यालय सञ्चालनका बिषयमा नै पहिलो पटक जिल्लामा सहभागी भएको भन्दै खुसी ब्यक्त गर्नुभएको हो । उहाँहरुले इलाम नगरपालिका भित्रका बिद्यालय सञ्चालन गर्न अनुमती दिएपछि सुरक्षित भएर अध्यापन गराउने बताउनुभयो । अनलाइन माध्यमबाट वा बिद्यालयमा नै बिद्याथी बोलाएर कक्षा सञ्चालन गर्नेबारे बिद्यालयले परिस्थिती हेरेर अघि बढ्नु पर्ने बताउनुभयो ।

वडा अध्यक्ष नरेश श्रेष्ठले बिद्यालय खुलेपछि सुरक्षित भएर पढाउन सहज होस भनेर मेकानिकल स्प्रे र क्लोरिन प्रदान गरेको बताउनुभयो । उहाँले धेरै बिद्यार्थी निजि बिद्यालयमा नै अध्ययन गर्ने भएकाले पनि उनीहरुलाई सुरक्षित गराउनु राज्यको दायित्व भएकाले सामाग्री प्रदान गरेको भनाई राख्नुभयो । सामाग्री पाएका विद्यालयहरुले हरेक दिन बिद्यालय सञ्चालन हुनु पूर्व क्लोरिन झोल स्प्रे गर्नुपर्ने उहाँको भनाई छ । इलाम नगरपालिका ७ भित्र धेरै निजि बिद्यालय भएकाले पनि सामाग्री बितरण गरिएको हो । साथै वडा बाहिरका प्रज्ञासदन र इलाम बिद्या मन्दिरलाई समेत सामाग्री प्रदान गरिएको थियो ।

कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा परेको असर र समाधानका लागि गर्न सकिने प्रयासका बिषयमा समेत छलफल भएको थियो । निजि क्षेत्रका बिद्यालयकै केही प्रतिनिधिहरुले अनलाईन कक्षाका बिषयमा अनबिज्ञता प्रकट गर्नुभयो । कसैले इन्टरनेट स्लो भएका कारण नबुझिने बताए पनि केही शिक्षकले अनलाइन अध्यापन गराउन शिक्षा नलिएका कारण समस्या भएको उल्लेख गर्नुभयो ।

इलामनगरपालिका वडा नम्बर ७ स्थित वडा कार्यालयले नगर क्षेत्रका निजी र सामुदायिक बिद्यालयका प्रतिनिधिको उपस्थितीमा छलफल कार्यक्रम गराएको वडा सदस्य सञ्जिव राइको भनाई छ । सो क्रममा पछिल्लो एक÷दुइदिन अघिबाट कतिपय बिद्यालयहरु सञ्चालन हुन थालेकाले बिद्यालयमा पठन पाठनलाई कसरी ब्यबस्थित बनाउने भन्ने बिषयमा पनि छलफल भएको हो ।

सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका सम्पूर्ढा मापदण्ड पालना गरेर मात्र बिद्यालय सञ्चालन गर्नका लागि वडा कार्यालयले बिद्यालयलाई सुझाव दिएको छ ।इलाम नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेम गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य सचिव सिता खवास, वडा सदस्यहरु तथा बिभिन्न निजि बिद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);