राष्ट्रिय मानव अधिकार आयोगले इलाम कारागारको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राष्ट्रिय मानव अधिकार आयोगले इलाम कारागारको अनुगमन

इलाम, ७ असोज । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीको टोलीले इलाम कारागारको अनुगमन गरेको छ । आयोगका सदस्य सुदिप पाठक सहितको टोलीले कारागारमा कोरोना माहामारी पछिको बदलिँदो अवस्थाबारेमा बुधबार अनुगमन गरेको हो । टोलीले कारागारमा रहँदा कोरोनामा भोग्नु परेको समस्या र महामारीले निम्त्याएको असरका विषयमा सरोकारवासँग छलफल समेत गरेको छ ।

कैदीहरुको तर्फबाट आयोगका पदाधिकारीलाई ९ बुँदे ध्यानाकर्षण पत्र समेत पठाईएको छ । मानव अधिकार आयोगले बुधबारबाट इलाम, झापा सहित देशका २७ जिल्लाको अनुगमन थालेको हो । थुनुवाहरुलाई कोरोना भए नभएको यकिन गरेर मात्र प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन नसकेको, क्षमता भन्दा वढि कैदी रहँदा भएको समस्या लगायतका विषयमा आयोगका पदाधिकारीलाई कैदीहरुले जानकारी गराएका थिए । इलाम कारागार १ सय २० जना कैदी अटाउन सक्ने क्षमताको भएपनि २ सय ४० वढि कैदी भएका कारण समस्या भएको उनीहरुको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);