इलाममा सवारी साधनको अनुगमन सुरु, ५ हजार राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

इलाममा सवारी साधनको अनुगमन सुरु, ५ हजार राजश्व संकलन

इलाम, ६ कार्तिक । सरकारले सवारी साधनहरुलाई पुरानै भाडा लिन आग्रह गरेपनि व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो बढेपछि इलाममा अनुगमन सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको टोलीले सडकमा अनुगमन गर्न थालेका छन् ।

बिहीबारमात्र इलाम नगरपालिका ७ धोविधारामा १ सय १३ वटा सवारीसाधनमा अनुगमन गरिएको छ । जसबाट ५ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख योगेन्द दाहालले बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल, ट्याक्सी, बस, अटो लगायतमा चेकजाँच गरिएको थियो ।

यसअघि पनि मेची राजमार्गका विभिन्न क्षेत्रमा चेकजाँच गरिँदै आइएको छ । कोरोना महामारीमा कम संख्यामा यात्रु बोक्दा तोकिएको भाडादरमा आधा बढाएर लिन पाउने नियम बनाइएको थियो । तर लकडाउन खुले पनि सवारीसाधनले मौका पर्दा तोकिएको भन्दा बढी नै भाडा लिने गरेका छन् ।

बढी नै रकम लिने गरेको गुनाशो वढेपछि यसको प्रभावकारी अनुगमन थालिएको बताइएको छ । यात्रुहरुले विशेष गरी ग्रामीण क्षेत्रबाट कुद्ने सवारीसाधनले दोब्बरसम्म भाडा लिने गरेको गुनासोे गरेपछि अनुगमनलाई तीब्र बनाइएको हो ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);