दशैँको बेला इलाममा पूर्ण शान्ति सुरक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दशैँको बेला इलाममा पूर्ण शान्ति सुरक्षा

nepal prahari

इलाम, ८ कात्तिक । यस वर्षको दशैँको बेला इलामका स्थानीयहरूले पूर्ण शान्ति सुरक्षाको महसुस गरेका छन् । चाडपर्वको बेलामा हुन सक्ने गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष सुरक्षा अप्नाएकाले इलामका स्थानीयले यस वर्षको दशैँमा पूर्ण शान्ति सुरक्षाको महसुस गरेका हुन् ।

चार्डपर्वका बेलामा सवारी साधनको चाप, क्षमताभन्दा बढी यात्रु बोक्ने, सावधानी नअपनाउने, तीव्र गति र मादक पदार्थ सेवन गर्ने माथि प्रहरीले विशेष निगरानी बढाएको थियो ।

त्यसैगरी, बैङ्क र वित्तीय संस्था, मुख्य बजार क्षेत्रमा निगरानी र अनुगमन, बसपार्कहरूमा यात्रु सहायता कक्ष सञ्चालन गर्नुका साथै कुनै अप्रिय घटना हुन नदिन प्रहरीलाई चुस्त बनाइएको इलामका प्रहरी प्रमुख माधव श्रेष्ठले बताए । त्यस्तै, चोरी, यात्रु लुटिने, कुटपिट, मादक पदार्थ सेवन जस्ता घटना नभएको पनि प्रहरी प्रमुख माधव श्रेष्ठले भनाई थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दशैँमा सवारी दुर्घटनामा १ जनाको मात्र मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । त्यस्तै, जिल्ला प्रहरी कार्यालय इलाम र ट्राफिक प्रहरीको सहकार्यमा नियम उल्लङ्घन गर्ने ११ बस, १ सय ७६ टिपर, २३ ट्रयाक्टर, १ सय ५५ मोटरसाइकललाई कारबाही गरिएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);