तरवार नचाउँदै दशैं पर्वको विदाई | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

तरवार नचाउँदै दशैं पर्वको विदाई

tarbar

पाल्पा, ८ कात्तिक । पाल्पाका स्थानीयहरुले एक आपसमा तरवार नचाउँदै दशैँ पर्वलाई विदाई गरेका छन् । पाल्पाको लिपिन्देवी, बौघागुम्वा, मुझुङ्ग, बतासे, रैनादेवी, लगायतका स्थानमा पञ्चे वाजाको तालमा वाख्यै खेल्दै सराए नाच्दै तरवार नचाउदै २०७५ को दशैलाई विदाई गरेका हुन् । सराए नाँचको साथमा युवाहरुले सामुहिक र एकल रुपमा यसरी तरवार नचाएका थिए ।

देवी भगवतीले तरवारको प्रयोगबाट राक्षसहरुको बध गरी विजय प्राप्त गरेको सम्झनामा गाउँ–गाउँका देवी भगवतीको मन्दिरहरुमा सराए नाँच संगै वाख्खै र तरवार नाँच देखाउने परम्परा चल्दै आएको छ । तरवार नचाएर युवाहरुले परम्पराको जर्गेना गर्दै आफनो शरिरको प्रतिरक्षा गर्न उपयोग गर्दै आएका छन् ।

बडा दशैँको अबसरमा भगवति मन्दिरहरुमा खेलिने तरवार खेल गाउँघरमा निकै लोकप्रिय हुदै आएपनि हाल पाका पुस्तामा मात्र सिमित भएको छ । जोखिम र खतरापुर्ण खेलको रुपमा तरवार नाँच हेर्न विभिन्न ठाउँबाट पाल्पाका दुर्गा मन्दिरहरुमा मानिसको भिडभाड लाग्ने छ ।