पाल्पाको तानसेनमा ऐतिहासिक भगवती रथयात्रा | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

पाल्पाको तानसेनमा ऐतिहासिक भगवती रथयात्रा

प्रकाश नेपाल
तानेसन, ७ भदौ । चाडवाड नजिकिंदै गर्दै विभिन्न जिल्लामा विभिन्न जात्रा तथा पर्वहरु मनाउने क्रम जारी छ । जात्रा र पर्व मनाउने क्रममा पाल्पाको तानसेनमा राष्ट्रिय गौरवको प्रतिक ऐतिहासिक भगवती रथयात्रा गरिएको छ । यो रथयात्रालाई अंग्रेजी फौज विरुद्ध नेपाली फौजको विजय उत्सवको रुपमा पनि लिइन्छ ।

नेपाल अंग्रेज युद्धमा गोरखाली फौजले अंग्रेजका फौजलाई पराजित गरेको अवसरमा भगवती रथयात्रा सुरुवात गरिएको हो । युद्धमा गोरखाली फौजकोतर्फवाट कर्णेल उजिर सिंह थापाले नेतृत्व गरेको इतिहासमा उल्लेख छ ।

विधिपूर्वक गरिएको पूजापछि रथयात्रामा राखिने भगवतीको ढलौटको सानो प्रतिमूर्ति र कर्णेल उजिर सिंह थापाको तरवार रथमा राखिएको छ । रथयात्रा मध्यान्न १२ः४५ बजेको सुभ साइतमा निकाली नगरका विभिन्न भागको परिक्रमा गराई पुन मन्दिरमा ल्याई भित्र्याउने चलन रहेको छ । विहानैदेखि टाढा टाढावाट आएका भक्तजनहरुको मन्दिरमा भिड लागेको छ ।

रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, निजामती कर्मचारी, संघ संस्थाहरुको सहभागीता रहने छ । पाल्पाका जात्राविद् मदन देउरालीका अनुसार नेपाल अंग्रेज युद्धको प्रतिकका रुपमा विजय उत्सव स्वरुप मनाउदै आइएको छ ।

पाल्पा जिल्लामा मनाइने अन्य जात्राहरु भन्दा यस रथयात्रा फरक राष्ट्रिय गौरव, स्वाभिमान र स्वतन्त्रताको प्रतिक मनाइँदै आएकोले यसको महत्व बढेको पाल्पाका साहित्यकार रोजेन्द्र गोपाल सिंहको भनाइ छ ।

२ सय बर्षदेखि मनाइँदै आएको रथयात्रा राष्ट्रिय गौरव र स्वतन्त्रताको प्रतिकका रुपमा मनाइएको नागरिक समाजका अध्यक्ष पुस्करराज रेग्मीको भनाई छ ।

भगवती रथयात्राकोे दिनलाई पाल्पाली जनताले राष्ट्रिय पर्व र उत्सवको रुपमा मनाउने प्रचलन रहेको छ । परापूर्वकालदेखि चल्दै आएको यो रथयात्रालाई अहिलेको पुस्ताले पनि पर्वकै रुपमा हर्साेल्लासका साथ मनाउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);