पाल्पामा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

साउन ३१ , पाल्पा । गोर्खालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा नेपाली सेनाले पाल्पामा वीरताको प्रतिकको रुपमा  सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालेको छ ।
पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१÷०७२ मा बुटवलको जीतगढीमा अग्रेजसँंगको भएको युद्धमा विजय हासिल गरेको थियो । यहि सम्झनामा वि.सं.१८७७ देखी प्रत्येक बर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको जानकारहरु बताउँछन् ।

घरेलु हात हतियार, सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर ंिसहं थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा बिजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखी ०७६ सम्म मन्दिर निर्माण गरी भगवति जात्रा मनाउन थालिएको बताइन्छ । विजय उत्सव प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन मनाइने यो ऐतिहासिक रथ यात्राले १ सय ९९ बर्ष पुरा गरेको छ ।

यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । जात्रामा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाण्डौ लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);