दोलखामा परम्परागत खड्ग जात्रा धुमधामका साथ मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दोलखामा परम्परागत खड्ग जात्रा धुमधामका साथ मनाइयो

दोलखा । दोलखामा शनिबार परम्परागत खड्ग जात्रा धुमधामका साथ मनाइएको छ ।

विजया दशमीको भोलिपल्ट मनाइने परम्परागत खड्ग जात्रा शनिबार मनाइएको हो । सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु नाच्दै मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा दोलखा बजारमा मनाइएको हो ।

प्राचीन सहर दोलखाका मन्दिर, टोल र डबलीहरुमा टोलटोलबाट निस्केर खड्गधारीहरुले दानवहरुसँग युद्ध गरेको अभिनय गर्दै दिनभर खड्ग जात्रा प्रदर्शन गरिने चलन छ ।आ–आफ्नै भूमिका अनुसार नाच्दै अघि बढ्ने रोचक दृष्य र प्राचीन युद्धको कला कौशल जात्राको मुख्य आकर्षण हो ।

जात्रामा अभियनयकर्तामध्ये मूल खड्गधारी र उनका अंगरक्षक अघिअघि हुन्छन् । मल्लकालीन समयदेखि चल्दैआएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दसैं टीकाको भोलिपल्ट दिनभर मनाइने चलन छ ।

त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगाको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि जात्रामा देखाइन्छ । नवमीका दिन भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिएर लगिएको राँगाको टाउकोलाई राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरेपछि युद्ध जितेको मानिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);