बिस्का जात्रामा आज लिंगो उठाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बिस्का जात्रामा आज लिंगो उठाइँदै

काठमाडौं, ३१ चैत । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्राको क्रममा आज लिंगो उठाइँदै छ ।

चैत मसान्तको दिन गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजासहितको लिंगो उभ्याउने गरिन्छ ।

आजका दिन ईन्द्रध्वजासहितको लिंगो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुकी लिंगो ढाल्ने परम्परा छ । लिच्छविकालदेखि बिस्का जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले ९ दिन ८ रातसम्म मनाउने गर्दछन् ।

परापूर्वकालदेखि चलिआएको विश्व प्रसिद्ध यो जात्रा बिस्का अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । त्यस्तै भक्तपुरको कुम्हा टोलमा आज दिउँसो हात नभएको लिंगो ठड्याउने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);