बिस्का जात्राको लिंगो प्रतिकात्मक रुपमा उभ्याइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिस्का जात्राको लिंगो प्रतिकात्मक रुपमा उभ्याइने

biska jatra

भक्तपुर, २९ चैत । भक्तपुरमा ८ रात ९ दिन मनाइने बिस्का जात्राको अभिन्न अंगको रुपमा रहेको लिंगो उभाइने जात्रामा यस वर्ष भने सुनको प्रतिकार्यत्मक लिंगो उभाइने भएको छ । भाइरसको संक्रमणको जोखिम र सरकारले गरेको लकडाउनका कारण यो वर्ष प्रतिकार्यत्मक लिंगो उभाइने भएको हो ।

विगतका वर्षमा भेलुखेलमा काठको ५५ हाते लामो लिंगो उभाइएको देख्न पाइन्थ्यो भने यस वर्ष साँस्कृतिक, परम्पराको निरन्तरतालाई कायम गर्दै लिंगोको प्रर्तिमूर्तीको स्वरुपमा सुनको लिंगो उभ्याइने गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिनुभयो ।

चैत ३० गते भेलुखेलमा रथ पुर्याएपछि लिंगो उभ्याउने चलन अनुसार आइतबार साँझ लिंगोको प्रर्तिमूर्तीको स्वरुपमा सुनको लिंगो उभ्याइन लागेको हो । सोमबार बैशाख १ गते पूजाआजा गरी साँझ लिंगो ढालिने परम्परा छ । जात्राको चहल पहल सँगै मान्छेको घुँइचो लाग्ने भक्तपुर अहिले सुनसान बनेको छ । जात्रामा जात्रालुहरुको सम्भावित उपस्थिति हुने मध्यनजर गर्दै भक्तपुरमा सुरक्षास्थिति मजबुत पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);