लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले २ घण्टा उभ्याएर कारवाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले २ घण्टा उभ्याएर कारवाही

jhapa naka

झापा, २९ चैत । झापामा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले सडकमै २ घण्टा उभ्याएर कारवाही गर्न शुरु गरेको छ । झापामा विभिन्न स्थानमा रोड लकडाउन सेल बनाएर प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई सडकमै २ घण्टा उभ्याउँदै कारवाही गर्न शुरु गरेको हो ।

‘टु आवरस् लकडाउन सेल’ नाम दिएर प्रहरीले जिल्लाको बिर्तामोडस्थित मुक्तिचोकमा सामाजिक दुरीमा राखेर कारवाही थालेको छ । लकडाउनमा अत्यावश्यक कामबाहेक विभिन्न बहाना देखाएर घरबाहिर निस्कने क्रम बढेपछि प्रहरीले कारवाहीको नयाँ शैली अपनाएको हो । यो कारवाहीको शैली लकडाउन अवधीभर निरन्तरता दिइने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

यसैबीच, प्रहरीले लकडाउनको उल्लंघन गर्ने तीन सय बढी सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवधिमा जिल्लाका विभिन्न स्थानमा सवारी चलाउने गरेको पाइएपछि ट्राफिक र प्रहरीले संयुक्त रुपमा अहिले सडकमा निगरानी बढाएका छन् । प्रहरीले झापाको दमक, झिलझिले, माइधार, गौरादह, गौरीगञ्ज, कन्काई, बिर्तामोड, मेचीनगर, भद्रपुर लगायतको स्थानबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);