जुम्लामा चन्दननाथ भैरवनाथको लिंगो फेरेर घटस्थापना सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जुम्लामा चन्दननाथ भैरवनाथको लिंगो फेरेर घटस्थापना सुरु

जुम्ला । जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी विधिपूर्वक घटस्थापना गरिएको छ। चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर  घटस्थापना सुरु गरिएको हो ।

धार्मिक मान्यताअनुसार  एक वर्षमा ५२ हप्ता हुन्छ ,त्यस कारणले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठीव्यवस्थापन समितिका सचिव जितबहादुर महतले बताए । उनले भने वर्षेनी घटस्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ। 

भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ।  चन्दननाथ र भैरवनाथ मन्दिरमा थपिने दुईवटा लिङ्गा ४२ देखि ४५ हातसम्मका हुने गरेका छन्।

नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ। लिङ्गो ठड्याइसकेपछि मात्र कर्णालीमा घटस्थापना सुरु हुन्छ। जुम्लाका सांस्कृतविद् रमान्द आचार्य भन्छन्,  ‘यहाँको पूजा सकेर घरघरमा जमरा राखिन्छ।’

उनले बिहान ७ बजेपछि पुरानो लिंगा ढाल्ने र नयाँ लिंगो ठड्याइएकाे बताए । यो दिन नव दुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गरिन्छ।  आजकै दिन जुम्लाबासीले नयाँ अन्न अर्थात् नुवागी खाने गर्छन्। 

जुम्लाको परम्परागत प्रचलन अनुसार  मार्सी धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ। विश्वकै अग्लो स्थानमा फल्ने मार्सीधानको उत्पादन  गर्ने चन्दनाथबाबा भएका भन्दै चन्दननाथ मन्दिरमा चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको स्थानीय दीपबहादुर मल्लले बताए ।

उनले भने, ‘पछिल्लो समयमा धर्मका नाममा  धेरै विकृतिहरु फैलिएका छन् । गुठीको जग्गा अतिक्रमण भएको छ । पश्चिमा सा‌ंस्कृति हाबी भएको छ । धर्मका नाममा कमाउ धन्दा चलेको छ । यस विषमा गम्भीर बहस हुन जरुरी छ । मन्दिरको जग्गामा टहरा बनाउने केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै लैजाने गर्दा गुठीको जग्गा मासिँदै गएको  छ ।’  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);