नारायणी अस्पतालमा कोरोना संक्रमणका कारण २ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नारायणी अस्पतालमा कोरोना संक्रमणका कारण २ को मृत्यु

बीरगञ्ज, ३१ चैत । कोरोना संक्रमणका कारण मंगलबार नारायणी अस्पतालमा मंगलबार बिहान मात्रै दुई जनाको मृत्यु भएको छ ।

बारा जितपुर छाता पिपरा वडा नं.९ का ३७ वर्षीय युवाको नारायणी अस्पताल बीरगञ्जमा मृत्यु भएको हो । उनको आज बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी दुई दिन अघि मात्र अस्पताल भर्ना भएका थिए ।

मृत्यु भएका युवक यही चैत १४ गते मात्र भारतको हैदरावादबाट नेपाल आएका थिए । मृत्यु भएका युवक होली भन्दा २ दिन अघि हैदरावाद बाट आएका थिए ।

त्यसैगरी आज बिहान नै नारायणी अस्पतालमा बीरगन्ज महानगरपालिका वडा नं.३ का एक वृद्धको मृत्यु भएको हो । ६२ वर्षीय बृद्धको बिहान ८ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी २९ गते मात्र अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);