दोलखामा जिप दुर्घटना, ४ जनाको मृत्यु, १७ घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

दोलखामा जिप दुर्घटना, ४ जनाको मृत्यु, १७ घाइते

दोलखा, ३१ चैत । दोलखामा यात्रुबहाक जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते छन् ।

सोमबार राति सिन्धुपाल्चोकबाट दोलखाको विगु गाउँपालिका जादै गरेको प्रदेश ३–०१–०२३–त–७५८० नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हनेहरुमा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापा रहेका छन् ।

सामान्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालीङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकको तातोपानीमा नुहाउन गएकाहरु घर फर्कने क्रममा गाउँ नजिकै सोमबार राति दुर्घटनामा परेको थियो । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना राति नै घटनास्थल पुगेका थिए ।

सिंगल क्याबिन भएको सामान ढुवानी गर्ने गाडीमा यात्रा गरेकाले बढि मानवीय क्षति भएको हुनसक्ने आँकलन गरिएको छ । मृतकहरुको सब चरिकोटस्थित चरिकोट अस्पतालमा राखिएको छ ।

जिपमा २२ यात्रु सवार थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);