मकवानपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मकवानपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

motercycle durghatana

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ बेलटार स्थित बेसीघाटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बेसीघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको हो ! दुर्घटनामा परि मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालक स्थानीय २५ वर्षीय दिपेन्द्र ल्हो, यात्रु १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृती मोक्तान र मनहरी गाउँपालिका वडा नम्बर–७ का १७ वर्षीय दोर्जे गोङ्वा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको हेटौँडा चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);